सुनको मूल्यमा सामान्य वृद्धि

Feb 27th, 2020

आधारभूमी संवाददाता

काठमाडौं ,१५ फागुन

सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु २०० ले वृद्धि भएको छ ।

बुधवार तोलामा रु ७९ हजार ५०० मा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु २०० बढेर रु ७९ हजार ७०० रुपैयाँमा कारोबार भएको छ र तेजाबी सुनको मूल्य प्रतितोला रु ७९ हजार ४०० तोकेको छ । बुधवार तेजाबी सुन प्रतितोला रु ७९ हजार २०० मा खरिद बिक्री भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला रु ५ ले घटेको  छ । आज महासङ्घले चाँदीको मूल्य प्रतितोला रु ९०० तोकेको छ । बुधवार चाँदी तोलामा ९०५ रुपैयाँमा कारोबार भएको थियो ।