• गृहपृष्ठ
  • रियल मड्रिड म्यानचेस्टर सिटीसँग पराजित

रियल मड्रिड म्यानचेस्टर सिटीसँग पराजित

Feb 27th, 2020

काठमाडौँ, १५ फागुन

रियल मड्रिड म्यान्चेष्टर सिटीसंग पराजित भएको छ । च्याम्पियन्स लिग अन्तर्गत बुधबार राती भएको अन्तिम १६ को पहिलो लेगमा मड्रिडलाई सिटीले उसैको मैदानमा २-१ गोलले पराजित गरेको हो।

म्यान्चेष्टर सिटीलाई जित दिलाउन ग्याब्रियल जिसस र केभिन डी ब्रुईनीले एक एक गोल गरे । रियल मड्रिडको लागि ईस्कोकोले एक गोल गरे।

खेलमा अग्रता भने रियलले लिएको थियो । खेलको ६० औँ मिनेटमा ईस्कोकोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । तर अग्रता धेरैबेर टिकेन । ७८ औ मिनेटमा ग्याब्रियल जिससले सिटीका लागि बराबरी गोल फर्काए । ८३ औं मिनेटमा सिटीले पेनाल्टीको अवसर पायो। सो अवसरलाई डी ब्रुईनीले पेनाल्टीलाई गोलमा परिणत गर्दै सिटीलाई २–१ को अग्रता दिलाए ।

खेलको ८६ औं मिनेटमा रियलका कप्तान सर्जियो रामोस सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि अन्तिमको केही मिनेट रियल मड्रिड १० खेलाडीमा सीमित भएको थियो ।

च्याम्पियन्स लिगमा सिटीले रियल मड्रिडलाई पहिलो पटक पराजित गरेको हो । दोस्रो लेगको खेल सिटीको घरेलु मैदान ईतिहाद स्टेडियममा मार्च १० मा हुनेछ ।