लियोनसंग युभेन्ट्स पराजित

Feb 27th, 2020

काठमाडौँ, १५ फागुन

इटालियन क्लब युभेन्ट्स लियोनसँग पराजित भएको छ। च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा इटालियन क्लब युभेन्ट्स लियोनसँग १-० ले पराजित भएको हो।

लियोनको जितमा लुकास टुसार्टले ३१ औं मिनेटमा निर्णायक गोल गरे । खेलमा पाउलो ड्याबालाले युभेन्ट्सका लागि खेलको अन्तिम समयमा गोल गरेका थिए । तर रेफ्रीले गोललाई अफसाईडको मान्यता दिएका थिए । युभेन्टसले खेलमा राम्रो सुरुवात गरे पनि खेलमा राम्रो अवसर सृजना गर्न सकेन ।लियोनको युभेन्टसविरुद्धको यो पहिलो जित हो। यसअघिको तीनवटै खेलमा लियोन पराजित भएको थियो

दोस्रो लेगको खेल अब मार्च १७ मा युभेन्ट्सको घरेलु मैदान एलिनाज स्टेडियममा हुनेछ ।