• गृहपृष्ठ
  • संस्कृति बलियो भए मुलुक बलियो :पूर्वप्रधानमन्त्री चन्द

संस्कृति बलियो भए मुलुक बलियो :पूर्वप्रधानमन्त्री चन्द

Feb 26th, 2020

अत्तरिया, १४ फागुन (रासस)

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले संस्कृति बलियो भए मुलुक बलियो हुने बताउनुभएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजले आयोजना गरेको विश्व साहित्य महोत्सवका अवसरमा आज धनगढीमा बोल्दै उहाँले साहित्य, कला र सङ्गीतले संस्कृति बन्ने गरेको छ भन्नुभयो । उहाँले संस्कृति कमजोर रहेको मुलुकमा मुलुकवासी र मुलुक कमजोर हुने गरेको टिप्पणी गर्नुभयो । पूर्वप्रधानमन्त्री चन्दले पछिल्लो समयमा संस्कृतिमाथि आक्रमण नै नभएपनि संस्कृतिमाथि खतरा बढेको दाबी गर्नुभयो । “हाम्रो संस्कृतिमाथि आक्रमण नै भइसकेको छैन”, उहाँले भन्नुभयो, “तर आक्रमण हुन सक्छ ।”

संस्कृति संरक्षणका लागि ध्यान दिनुपर्ने बेला आइसकेको बताउँदै पूर्वप्रधानमन्त्री चन्दले नयाँ पिढीलाई संस्कृति जोगाउन सतर्क बनाउनुपर्ने बताउनुभयो ।