• गृहपृष्ठ
  • मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु

Feb 26th, 2020

सल्यान, १४ फागुन

सिद्धकुमार गाउँपालिका-१ चतारेस्थित पतारे खोलामा रा.३ प ८८८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेर बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका-१ धानेटाकुरा बस्ने २९ वर्षीय रमेश बुढाथोकीको घट्नास्थलमै मृत्यु भएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।