• गृहपृष्ठ
  • प्रतिनिधिसभामा बीउबिजन र बिरुवा संरक्षण विधेयक पारित

प्रतिनिधिसभामा बीउबिजन र बिरुवा संरक्षण विधेयक पारित

Feb 26th, 2020

काठमाडौँ, १४ फागुन (रासस)

प्रतिनिधिसभाको आजको बैठकले दुई विधेयक पारित गरेको छ । बैठकले ‘बीउबिजन (दोस्रो संशोधन) विधेयक, २०७६’ र ‘बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६’ सर्वसम्मतिले पारित गरेको हो । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले ती दुई विधेयकलाई ‘पारित गरियोस्’ भनी छुट्टाछुट्टै प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

त्यसैगरी बैठकले कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहितको विरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५ सर्वसम्मतिले स्वीकृत गरेको छ । मन्त्री भुसालले छलफलमा उठेका प्रश्नको जवाफ दिँदै परम्परागत बीउबिजनको संरक्षणमा सरकारले प्राथमिकता दिँदै आएको बताउनुभयो । छलफलमा पुष्पा भुसाल, प्रेम सुवाल, राजनकुमार केसी र मीना सुब्बालगायतले भाग लिनुभएको थियो । संसद्को अर्को बैठक यही फागुन १५ गते मध्याह्न १ बजे बस्नेछ ।