• गृहपृष्ठ
  • वेकरीमा आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट

वेकरीमा आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट

Feb 26th, 2020

दाङ, १४ फागुन

घोराही उपमहानगरपालिका-१५ हस्पिटल लाईन बस्ने २६ वर्षीय सनम शर्माको घोराही डेरी एण्ड बेकरमा ग्याँस लिक भई मंगलबार दिउँसो आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको विभिन्न धनमाल जलेर नष्ट भएको छ ।

स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।