• गृहपृष्ठ
  • उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन सरकारलाई अनुरोध गरिने

उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन सरकारलाई अनुरोध गरिने

Feb 26th, 2020

काठमाडौँ, १४ फागुन (रासस)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले सो निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

उहाँले उपाध्यक्ष गौतमलाई मन्त्रिपरिषद्का सिफारिसमा राष्ट्रपतिबाट मनोनयन गरिने सदस्य पदका लागि सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको बताउनुभयो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनयन गरिने तीनसदस्यमध्ये मनोनीत हुनुभएकाा अर्थमन्त्री डा युवराज खतिवडाको राष्ट्रियसभा सदस्यको अवधि यही फागुन २१ गते सकिँदै छ ।

प्रवक्ता श्रेष्ठले संविधान संशोधनका लागि गृहकार्य गर्न पार्टीले कार्यदल बनाए पनि कार्यदल अहिले नरहेको र त्यो क्रियाशील नहुने जानकारी पनि दिनुभयो । ‘‘यसअघि बसेको सचिवालय बैठकमा त्यसप्रकारको कार्यदल बनाएर जानु उपयुक्त हुने सन्दर्भमा समझदारी बने पनि संविधान संशोधन आवश्यकतानुसार हुँदै जान सक्ने संविधानको मर्म र प्रावधानअनुसार अगाडि बढ्न सकिन्छ”, उहाँले भन्नुभयो, “तर अहिल्यै नै संशोधनका लागि गृहकार्य गर्न कार्यदल बनाएर अगाडि बढ्नुपर्ने औचित्य आजको बैठकले देखेन ।