५० अंकले बढ्यो नेप्से

Feb 26th, 2020

काठमाडौ, फागुुन १४

नेप्से आज बुुधबार पनि ५० दसमलव ९३ अंकले बढेर १५ सय ९६ दसमलव १३ अंकमा चढेको छ । सेन्सिटिभ इन्डेक्स पनि नौ दसमलव ४९ अंकले बढेर तीन सय ३६ दसमलव पाँच अंकमा पुुगेको छ । एक सय ८० कम्पनीहरुको ३२ हजार एक सय ५४ वटा कारोवारमा ९९ लाख छ हजार नौ सय ८९ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम चार अर्ब १५ करोड ४८ लाख ८३ हजार ९२ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा १२ वटै समुहको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ५० दसमलव ४७ अंकले बढेर १३ सय ५६ दसमलव ८६ अंकमा पुगेको छ । बिकास बैंक समुहको सुचक ३० दसमलव ६६ अंकले बढेर दुई हजार २५ दसमलव पाँच अंकमा पुुगेको छ । जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा एभरेष्ट बैकको संस्थापक सेयर परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा राधी जलबिद्युुत कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल लाईफ इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ ।