• गृहपृष्ठ
  • महानगरीय ट्राफिक प्रहरी महाशाखामा मेश (भान्सा घर) भवन शिलन्यास

महानगरीय ट्राफिक प्रहरी महाशाखामा मेश (भान्सा घर) भवन शिलन्यास

Feb 26th, 2020

काठमाण्डौ, फागुुन १४

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले महानगरीय ट्राफिक महाशाखाको हाता भित्र प्रहरी मेश( भान्साघर) भवनको आज एक कार्यक्रमका विच शिलन्यास गर्नु भयो ।

शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रमुख अतिथि पोखरेलले दर्जागत मेशलाई हटाई एउटै एकिकृत मेश सुधार तथा निर्माण अभियान उपत्यकाको सबै कार्यालयहरूमा संचालन गरिएको स्मरण गराउदै पहिले देखि मेश भवन भएको ठाउलाई सुधारीएको र अत्यन्तै जिर्ण भएको ठाउँमा नयाँ भवन निर्माण गर्ने लक्ष्य अनुरूप ट्राफिक महाशाखामा नयाँ मेश भवन निर्माण गर्न लागिएको जानकारी दिनुभयो । ठुलो संख्यामा रहेको जवान र हबल्दारले संगठनमा सबैभन्दा बढि काम गर्ने, संगठनको मेरुदण्डको रूपमा रहेका तल्लो दर्जाको प्रहरी कर्मचारीहरूको सेवा सुविधा, उनिहरूको डिउटी र उनिहरूले प्राप्त गर्ने सुविधालाई तुलना गर्ने हो भने धेरै फरक रहेको बताउनु भयो । चौविसै घन्टा डिउटीमा खटिने प्रहरीकोलुगा धुन सुविधा होस भनेर ट्राफिक प्रहरी महाशाखालाई १ थान वासिङ्ग मेसिन समेत हस्तान्तरण गर्नु भयो ।

प्रहरी कार्यालयहरूमा बस्ने व्यारेक,पानि, ट्वाइलेट लगायत धेरै समस्याहरू रहेकाले सरकारले गर्देला भने भन्दा पनि, मेरो भुमिका वा हाम्रो भूमिका कहाँ छ अरू भन्दा विषेश कसरी देखिन्छु भने भावाना राख्छ उसले परिवर्तन ल्याउन सक्छ भन्दै हामीमा भएको समस्याहरू एक एक गरि समाधान गर्ने र कर्मचारीहरूको लागी सुविधाहरू थप्दै लाने लक्ष्य अनुरूप ट्राफिक प्रहरी महाशाखालाई वासिङ मेसिन हस्तान्तरण गरिएको र अन्य कार्यलयहरूलाई पनि हस्तान्तरण गर्ने लक्ष्य रहेको बताउनु भयो ।

प्रहरी प्रधान कार्यालयबाट विनियोजित कुल १२ लाख ७३ हजार ८ सय ८६ रूपैयाको लागतमा ४५ दिन भित्रनै निर्माण सम्पन्न गर्ने प्रहरी उपरिक्षक राजकुमार बैदवारले बताउनु भयो । मेश सुविधा सम्पन्न,वातावरण मैत्री,स्वच्छ र सफा हुने समेत उहाँले जानकारी दिनु भयो ।

कार्यक्रममा बोल्नु हुदै ट्राफिक महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले काठमाण्डौको धुलो धुवामा चौविसै घण्टा खटिने ट्राफिक प्रहरीलाई लुगा धुन र नुहाउन पनि फुर्सद नहुने अबस्थामा वासिङ मेसिन ले ट्राफिक प्रहरीलाई धरै सहज हुने विश्वास व्यक्त गर्दै यस कार्यमा सहयोग गर्नुहुने प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेललाई धन्यवाद दिनु भयो । साथ मियामा इलेक्ट्रीक स्कुुटर सोरूमले दिएको १ थान इलेक्ट्रीक स्कुुटरले सवारी साधनमा लागु गरिएको आरक्षण सिट लागु भए नभएको अनुगमनको लागी खटईने जानकारी समेत दिनु भयो ।