• गृहपृष्ठ
  • पत्रकार सिवाकोटी असुरक्षित रहेकोप्रति महासंघको गम्भीर ध्यानाकर्षण

पत्रकार सिवाकोटी असुरक्षित रहेकोप्रति महासंघको गम्भीर ध्यानाकर्षण

Feb 26th, 2020

काठमाडौ, फागुुन १४

नेपाल पत्रकार महासंघका सभासद् तथा हाम्रा कुरा डटकमका प्रधानसम्पादक अजयबाबु सिवाकोटीले पत्रकारिता गरेकै कारण आफू असुरक्षित भएको भनी महासंघमा जानकारी गराउनु भएकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पछिल्लो समय खोजी पत्रकारितामा क्रियाशील सिवाकोटीले आफ्नो निवास र कार्यालय वरपर केही अपरिचित व्यक्तिहरुले शंकास्पद गतिविधि बढाएकोले आफू असुरक्षित भएको भनी महासंघलाई जानकारी गराएका हुुन ।

स्वतन्त्रतापूर्वक पत्रकारिता गर्ने पत्रकारको संवैधानिक अधिकारलाई हतोत्साहित बनाउने यस्तो गतिविधिको महासंघ कडा भत्र्सना गर्दछ । र, पत्रकार सिवाकोटीको सुरक्षामा विशेष ध्यान दिन एवं स्वतन्त्र र सुरक्षित पत्रकारिता गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गर्दछ, महासंघले बिज्ञप्तीमार्फत भनेको छ ।