५०० ले घट्यो सुनको मूल्य

Feb 26th, 2020

आधारभूमी संवाददाता

काठमाडौं ,१४ फागुन

सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ५०० ले घटेको छ ।

स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ७९ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७९ हजार २०० मा झरेको छ । मङ्गलबार छापावाला सुनको मूल्य प्रतितोला रु ८० हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ७९ हजार ७०० मा कारोबार भएको थियो ।

सुनको मूल्य घटेसँगै चाँदीको मूल्य पनि घटेको छ । आज महासङ्घले चाँदीको मूल्य प्रतितोला रु ९०५ तोकेको छ । मङ्गलबार चाँदी तोलामा ९२५ रुपैयाँमा कारोबार भएको थियो ।