• गृहपृष्ठ
  • निसानको फेस्टिभ ड्राइभ लक्की ड्र स्किमको बिजेता घोषणा

निसानको फेस्टिभ ड्राइभ लक्की ड्र स्किमको बिजेता घोषणा

Feb 26th, 2020

काठमाडौ, फागुुन १४

नेपालमा निसान गाडीको अधिकारिक वितरक तथा बजार ब्यबस्थापक कम्पनि पायोनियर मोटो कर्पले चाड पर्वको उपलक्ष्यमा फेस्टिभ ड्राइभ उपहार योजना ल्याएको थियो । उक्त योजना अन्तर्गत हरेक निसान गाडी खरिद गर्ने ग्राहकहरुले लक्की ड्र स्किममा भागलिन मौका पाएका थिए । सोहि स्किमको विजेताहरुको घोषणा फाल्गुन १३ गत,े मंगलबार, पायोनियर मोटो कर्प प्रा.लि.को थापाथली स्थित शोरुम मा भएको थियो ।

लक्की ड्र द्वारा १० जना भाग्यशाली बिजेताहरुले मलेशिया भ्रमण गर्ने मौका र साथै ५ जना ले १० ग्राम सुनको सिक्का पाएका छन् । उक्त समारोहमा पायोनियर मोटो कर्पका अधिकारीहरुले बिजेताहरुलाई बधाई दिनुका साथै सबै सहभागीहरुलाई धन्यवाद ब्यक्त गरेका थिए ।

हाल पायोनियर मोटो कर्पले नेपालमा निसान माइक्रा, सन्नी, किक्स, नभारा, एक्स-ट्रेल,उर्भान र प्याट्रोल गाडीहरु बिकी गरिरहेको छ भने चाडैनै निसानको नया इलेकट्रिक गाडी लीफ पनि नेपालमा भित्राउने तयारी गरिरहेको छ ।