बार्सिलोना नापोलीसँग बराबरीमा रोकियो

Feb 26th, 2020

काठमाडौँ, १४ फागुन

बार्सिलोना च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा इटालियन क्लब नापोलीसँग बराबरीमा रोकिएको छ । मंगलबार राति नापोलीको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना १–१ गोलको बराबरीमा रोकिएको हो ।

खेलमा नापोलीका लागि ड्राइज मर्टेन्स र बार्सिलोनाका लागि एन्टोनी ग्रिजम्यानले गोल गरेका थिय ।

खेलमा पहिलो अग्रता नापोलीले लीएको थियो। ३० औं मिनेटमा ड्राइज मर्टेन्सले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा पछि परेको बार्सिलोनाले ५७औं मिनेटमा बराबरी गोल फर्कायो । ५७ औं मिनेटमा एन्टोनी ग्रीजमनले गोल गर्दै खेल बराबरी गरेका हुन्


खेलको ८९औं मिनेटमा अर्टुरो भिदाल लगातार दोहोरो पहेँलो (रातो) कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोनाले १० खेलाडीमा सिमित भएर खेलको अन्त्य गरेको थियो । दोस्रो लेग आउँदो १८ मार्चमा बार्सिलोनाको मैदानमा हुनेछ ।