• गृहपृष्ठ
  • सिद्धार्थ सिमेन्टद्वारा अन्तरक्रिया तथा भेटघाट कार्यक्रम

सिद्धार्थ सिमेन्टद्वारा अन्तरक्रिया तथा भेटघाट कार्यक्रम

Feb 25th, 2020

काठमाडौ, फागुन १३

सिद्धार्थ सिमेन्ट उधोगले निर्माण सहकर्मीसँग वृहत भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । उक्त कार्यक्रम पोखरा, तनहुँ, लम्जुङ, बाग्लुङ, बेनी, काठमाडौं तथा भक्तपूर उपत्यकामा गरिएको थियो ।

सो कार्यक्रममा सिमेन्टको गुणस्तर र सिमेन्ट उत्पादन गर्दा प्रयोग हूने कच्चा पदार्थ तथा उत्पादन प्रकिया बारेमा अन्तरक्रिया गरिएको थियो । सोही अवसरमा विभिन्न कार्यक्रमहरु अन्र्तगत उपस्थित सहकर्मीहरु बीच अन्तरक्रियामा सहभागिताको अधारमा लक्की ड्र को कार्यक्रम गरिएको थियो । काठमाडौं तारकेश्वर नगरपालिकामा गरिएको कार्यक्रममा नगर प्रमुख रामेश्वर बोहरा, उप–प्रमूख श्रीमती भवानी डोटेल तथा वडा सदस्यहरु बिच भएको कार्यक्रममा सिद्धार्थ सिमेन्ट उधोगको तर्फबाट निर्देशक राहुल अग्रवाल ज्यूबाट मन्तव्य राख्दै सिमेन्ट प्रयोग गर्दा गूणस्तरमा ध्यानदिदै यससँग समावेश गरिने रोडा, बालुवा तथा ढुङ्गा पनि गुणस्तरिय हुनु पर्नेमा जोड दिनुभएको थियो ।