• गृहपृष्ठ
  • ड्याट्सन गाडीको “हट डिल” योजनाको विजेताहरु घोषित

ड्याट्सन गाडीको “हट डिल” योजनाको विजेताहरु घोषित

Feb 25th, 2020

काठमाडौ, फागुन १३

नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लि.ले दशैंतिहारको उपलक्ष्यमा संचालन गरेको “ड्याट्सनहट डिल” योजना अन्र्तगत ग्राहकहरुलाई लक्षित गरी विभिन्न पुरस्कारहरु घोषणा गरेको थियो । यस योजना अन्र्तगत नयाँ कार खरिद गर्ने सम्पूर्ण ग्राहकहरु “ड्याट्सन हट डिल”लक्की ड्र का लागि योग्य मानिएका थिए । यस योजनाका भाग्यशाली विजेताहरु १३ फागुन २०७६ मा , पायोनियर मोटो कर्पको आधिकारिक शोरुम थापाथलीमा घोषणा गरिएको छ ।

लक्की ड्र प्रक्रियाद्वारा १० जना भाग्यशाली जोडी थाइल्याण्डको भ्रमणका लागि तथा ५ जना भाग्यशाली ग्राहकहरु १०/१० ग्रामको सुनको सिक्काका लागि छानिएका छन् ।

सो कार्यक्रममा पायोनियर मोटो कर्पका पदाधिकारीद्वारा विजेताहरुलाई बधाई तथा धन्यवाद ज्ञापन गरेका थिए । पायोनियर मोटो कर्प ड्याट्सन न्यू गो तथा ड्याट्सन रेडी गो ०.८ लीटर र १.० लीटर तथा गो प्लस का आधिकारिक बिक्रेता रहेको छ ।