एकै दिन ४३ अंकले बढ्यो नेप्से

Feb 25th, 2020

काठमाडौ, फागुुन १३

नेप्से आज मंगलबार पनि उच्च अंकले बढेको छ । नेप्से आज ४३ दसमलव दुुई अंकले बढेर १५ सय ४५ दसमलव १९ अंकमा पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि आठ दसमलव ५७ अंकले बढेर तीन सय २६ दसमलव ५६ अंकमा पुगेको छ । एक सय ८० कम्पनीहरुको २६ हजार पाँच सय ३६ वटा कारोवारमा ७० लाख ५९ हजार सात सय १२ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम दुुई अर्ब ९९ करोड २१ लाख ६० हजार पाँच सय २४ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा १२ वटै समुहको सुचक बढेर नेप्से पुुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १२ दसमलव ८९ अंंकले बढेर १३ सय छ दसमलव ३९ अंकमा पुुगेको छ । बिकास बैंक समुहको सुचक ४४ दसमलव ४९ अंकले बढेर १९ सय ९४ दसमलव ३९ अंकमा पुगेको छ । जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«ेडिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा गुराँस लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा दिव्येश्वरी हाईड्रो पावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज हिमालयन डिष्ट्रिलरी प्राली परेको छ ।