सुनको मूल्यमा सामान्य गिरावट

Feb 25th, 2020

आधारभूमी संवाददाता

काठमाडौं ,१३ फागुन

सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ३०० ले घटेको छ ।

स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ८० हजार मा झरेको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला रु ८० हजार ३०० मा कारोबार भएको थियो । महासङ्घले आजका लागि तेजाबी सुनको मूल्य प्रतितोला रु ७९ हजार ७०० तोकेको छ । सोमबार तेजाबी सुनको मूल्य प्रतितोला रु ८० हजार मा कारोबार भएको थियो ।

चाँदीको मूल्य आज स्थिर रहेको छ । महासङ्घले आजको लागि चाँदीको मूल्य प्रतितोला रु ९२५ तोकेको छ । सोमबार पनि चाँदी तोलामा ९२५ रुपैयाँमा कारोबार भएको थियो ।