• गृहपृष्ठ
  • नेपाली बजारमा हुण्डाईको नयाँ बिद्युतीय कार ,येस्तो छ विशेषता

नेपाली बजारमा हुण्डाईको नयाँ बिद्युतीय कार ,येस्तो छ विशेषता

Feb 25th, 2020

काडमाडौ फागुन १३

नेपाली बजारमा हुण्डाईको नयाँ बिद्युुतीय कार भित्रिएको छ । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरनेशनल प्रा.लि.ले आफ्नो नयाँ बिद्युुतीय कार आयोनिक २०२० सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार आयोनिक नयाँ भर्जन अझ उत्कृष्ट पावर र विशेषताका साथ नेपाली बजारमा आएको ओ । यो नयाँ ईलेक्ट्रीक प्रिमियम सेडानले ईलेक्ट्रीक गाडीको जगतमै नयाँ आयाम रच्ने कम्पनीले जनाएको छ । यसको अत्याधुनिक प्रविधिले तपाईंको राइडलाई पावरफूल, आरामदायी, सुरक्षित र झनझट मुक्त बनाउँछ । यसमा ३८ दशमलब तीन किलोवाट ईलेक्ट्रीक मोटरको साथ एक सय किलोवार्टको ब्याट्री पावर छ र यसको अधिकतम स्पीड १६५ केपिएच छ, जसले यसलाई बिना झनझट लामो दूरीको यात्राको लागि उत्कृष्ट बनाउँछ र यसको ड्राइभिङ्ग रेन्ज ३११ कि.मि. छ ।

यो पूर्ण ईलेक्ट्रीक मोबिलिटीले पार्टहरु हल्लिन कम गर्ने भएकोले गाडी कुनै आवाज बीना आरामले गुड्छ । नयाँ ईलेक्ट्रिक गाडीमा प्याडल सिफ्ट गर्न मिल्ने सुविधा छ, जसले रिजेनेरेटिभ ब्रेकिङ्गमा चार लेबलको नियन्त्र प्रदान गर्दछ र यसले चालकलाई सिस्टमको डिफल्ट इको ड्राइभिङ्गको र तीव्र प्रदर्शनको लागि फुल पावर प्रदान गर्छ । ग्राहकले अब ईलेक्ट्रीक गाडी किन्दा लुक्समा सम्झौता गर्नु पर्दैन किनकि यसमा एलईडी डिआरएल र हेडल्याम्पस, स्मार्ट ईलेक्ट्रीक सनरुफ र नयाँ आइकोनिक ग्रील छ । कम्पनीका अनुसार यसमा विभिन्न आरामदायी र सहुलियतका विशेषताहरु छन् ।

यसमा ८ इन्चको फ्लोटिङ्ग टच स्क्रीन, हिटेड र भेन्टिलेटेड सिटहरु, ड्राइभ मोड सेलेक्ट, वायरलेस फोन चार्जर लगायतका सामाग्रीहरु रहेको कम्पनीले जनाएको छ । यसै गरी यी गाडीहरु ७–एयर ब्याग सिस्टम, हिल एसिस्ट कन्ट्रोल, एन्टी–लक ब्रेकिङ्ग सिस्टम, ईलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, रियर पार्किङ्ग क्यामरा र सेन्सरहरु जस्ता सुरक्षावद्र्धक विशेषताहरुले भरिपूर्ण रहेको कम्पनीको दाबी छ ।उच्च प्रभावकारिता र वातावरण मैत्री सवारी–साधन उत्पादन गर्ने आफ्नो प्रतिबद्धतालाई ह्यूण्डाईले आईनिक २०२० को साथ पूरा गर्दै उल्लेखनीय फड्को मारेको छ । ग्राहकहरुलाई ड्राइभिङ डाइन्यामिक्स, लुक्स र पर्फरमेन्समा सम्झौता नगरी विविध वातावरण मैत्री गाडीहरुबाट प्रेरित गर्न हुुण्डाई भविष्यको पूर्णरुपले तयार रहेको दावी कम्पनीले गरेको छ ।