• गृहपृष्ठ
  • मानेकाे निर्णायक गाेलमा लिभरपुलकाे जित

मानेकाे निर्णायक गाेलमा लिभरपुलकाे जित

Feb 25th, 2020

काठमाडौँ, १३ फागुन

ईङ्लिस प्रियिमर लिग फुटबलमा लिभरपुलले साँघुरो  जित निकालेका छ । सोमबार राति इङ्लिश प्रिमियर लिग अन्तरगत भएको खेलमा साडियो मानेले गरेको निर्णायक गोलमा लिभरपुलले वेस्टह्यामलाई ३-२ ले पराजित गरेको हो ।

लिभरपुलको जितमा जर्जिन्हो विजनाल्डम,मोहमद सलाहा र साडियो मानेले एक एक गोल गरे । वेस्टह्यामको इस्सा डिप र पाब्लो फोर्नाल्सले एक एक गोल गरे ।

खेलको शुरुमै लिभरपुलले अग्रता लिएको थियो । जर्जिन्हो विजनाल्डमले खेलको नवौ मिनेटमा गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटमा इस्सा डिपले वेस्टह्यामका लागि बराबरी गोल फर्काए । पाब्लो फोर्नाल्सले ५७औ मिनेटमा गोल गर्दै वेस्ट ह्यामको अग्रतालाई दोब्बर पारे । तर ६८ औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै खेल बराबरीमा फर्काए । खेलको ८१ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई ३-२ को जित दिलाए ।

जितसँगै लिभरपुलले २७ खेलबाट ७९ अंक बनाएको छ । लिभरपुलले लिगमा २२ अंकको अग्रता कायम गरेको छ । जारी लिगमा दोश्रो स्थानमा रहेको म्यानचेस्टर सिटी भन्दा लिभरपुल २२ अंकले अगाडि रहेको छ।समान खेल खेलको म्यानचेस्टर सिटीको ५७ अंक रहेको छ । पराजित भएको वेस्ट ह्याम २४ अंक सहित रेलिगेशन जोनमै छ ।