• गृहपृष्ठ
  • विनाशर्त कुनै विदेशी सहयोग स्वीकार गर्न हुँदैनः नेमकिपा

विनाशर्त कुनै विदेशी सहयोग स्वीकार गर्न हुँदैनः नेमकिपा

Feb 24th, 2020

भक्तपुर, १२ फागुन (रासस)

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले इन्डो प्यासिफिक स्ट्राटेजी नेपालका लागि लाभदायक नभएको बताउनुभएको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनीयरिङ कलेज र ख्वप कलेज अफ इञ्जिनीयरिङको संयुक्त आयोजनामा आज भएको ‘एमसिसी र इन्डो प्यासिफिक स्ट्राटेजी’ विषयको अन्तरक्रियामा उहाँले एमसिसी सम्झौता अनुमोदन भए हाम्रै देशमा नेपालको ऐनकानुन नै नचल्ने खतरा हुने विचार राख्नुभयो ।

कार्यक्रममा नेमकिपाका सचिव एवम् संघीय सांसद प्रेम सुवालले एमसिसी सम्झौता मान्नु भनेको अमेरिकी नेतृत्वको सैनिक गठबन्धनमा सामेल हुनु भएको विचार व्यक्त गर्नुभयो । नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एमसिसी मात्रै नभई सरकारले विनाशर्त कुनै पनि विदेशी सहयोग स्वीकार गर्न नहुने बताउनुभयो । सो अवसरमा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य इ सुजन माकले एमसिसीका बारेमा कार्यपत्र प्रस्तुत गर्दै सम्झौता अमेरिकाले अगाडि सारेको हिन्दप्रशान्त रणनीतिकै अङ्ग भएको जिकिर गर्नुभयो । ख्वप कलेज अफ इञ्जिनीयरिङका प्राचार्य इ सुनिल दुवालले हिन्द प्रशान्त रणनीतिबारे कार्यपत्र प्रस्तुत गर्दै अमेरिकाले चीनविरुद्ध लड्न अन्य शक्ति राष्ट्रलाई आफ्नो खेमामा तान्ने प्रयास गरिरहेको विचार राख्नुभयो ।