• गृहपृष्ठ
  • नेप्सेमा झिनो अंकले गिरावट, कारोवार रकम तीन अर्ब माथि

नेप्सेमा झिनो अंकले गिरावट, कारोवार रकम तीन अर्ब माथि

Feb 24th, 2020

काठमाडौ, फागुुन १२

नेप्से आज सोमबार एक दसमलव ९६ अंकले घटेर १५ सय दुुई दसमलव १८ अंकमा पुुगेको छ । सेन्सिटिभ इन्डेक्स भने शुन्य दसमलव ४९ अंकले बढेर तीन सय १८ अंकमा चढेको छ । एक सय ७९ कम्पनीहरुको ३१ हजार दुई सय ९० वटा कारोवारमा ८३ लाख ४८ हजार दुुई सय ३४ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम तीन अर्ब ४१ करोड पाँच लाख १६ हजार दुुई सय ७८ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा तीन वटा समुहको सुचक बढेर बाँकी समुहको सुचक घटेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक चार दसमलव ७६ अंकले बढेर १२ सय ९३ दसमलव ५० अंकमा पुुगेको छ । उत्पादनमुुलक र अन्य समुहको सुचक पनि बढेको छ । बिकास बैंक समुहको सुचक भने आज १६ दसमलव ३२ अंकले घटेर १९ सय ४९ दसमलव ९० अंकमा पुुगेको छ । यि बाहेक जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, लघुुबित्त, सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कालिका माईक्रो फाईनान्स बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा गुुह्ेश्वरी मर्चेन्ट फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज एनएमबी बैंक परेको छ ।