• गृहपृष्ठ
  • कोरोनाको असर सुनमा पनि देखियो, मूल्य आकाशियपछि व्यावसायी भन्छन् – ‘कहिलेसम्म बढ्ने हो केही भन्न सकिन्न

कोरोनाको असर सुनमा पनि देखियो, मूल्य आकाशियपछि व्यावसायी भन्छन् – ‘कहिलेसम्म बढ्ने हो केही भन्न सकिन्न

Feb 24th, 2020

आधारभूमी संवाददाता

काठमाडौं १२ फागुन

सुनको मूल्य बढेर प्रतितोला ८० हजार नाघेको छ । एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाउँदै गएको छापावाल सुनको मूल्य आज सोमबार ८० हजार ३०० मा कारोवार भएको छ ।

साताको पहिलो दिन ७८ हजार ८ सयमा कारोवार भएको सुन एकैदिन ५ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

यसैगरी तेजावी सुन तोलामा ८० हजारमा कारोवार भएको छ । हिजो तेजावी सुन ७८ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

बिहीबार प्रतितोला ७७ हजार ६ सय पुगेको सुनको मूल्य शुक्रबार ५ सयले बढेको थियो, आइतबार ७ सयले बढेको थियो भने सोमबार ५ सयले बढेको थियो ।

आजका लागि चाँदीको मूल्य प्रतितोला ९ सय २५ रुपैयाँमा कायम छ।

सुनको मूल्य एकाएक बढ्न थालेपछि सुन व्यवयायी समेत दंग परेका छन् । नेपाल सुनचाँदी व्यावसायी महासंघका अध्यक्ष मोहन कुमार विश्वकर्मा भन्छन् ९‘ सुनको मूल्य बढेर हामी नै दंगदास परेका छौं, दिनदिनै बढेको बढ्यै छ, अझै कति बढ्ने हो केही भन्न सकिने अवस्था छैन’ ।

अहिले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ। कोराना भाइरसको संक्रमण फैलिएसंगै मान्छेहरु आत्तिएर सुनमा लगानी गर्न खोजेको उनले बताए । उनले भने , ९‘ एकतिर डलरको भाउ बढ्नै अर्कोतिर कोरोना फैलने, यस्तो भएपछि मानिसहरुले आफ्नो लगानी बैंकमा भन्दा सुनमा सुरक्षित देखे त्यसैले सुनको माग बढ्न गयो र भाउ पनि बढ्यो ।’

कोराना भाइरस नियन्त्रणमा नआएसम्म अन्तराष्ट्रिय स्तरमै यसको असर रहने उनले बताए ।