• गृहपृष्ठ
  • वाटफोर्डलाई हराउँदै म्यानचेष्टर युनाइटेड पाँचौ स्थानमा

वाटफोर्डलाई हराउँदै म्यानचेष्टर युनाइटेड पाँचौ स्थानमा

Feb 24th, 2020

काठमाडौँ, १२ फागुन

म्यानचेष्टर युनाइटेडले वाटफोर्डलाई पराजित गर्दै प्रिमियर लिगको पाँचौ स्थानमा उक्लेको छ । आइतबार भएको खेलमा युनाइटेडले वाटफोर्डलाई ३-० गोल अन्तरले पराजित गर्दै लिगको पाँचौ स्थानमा उक्लेको हो ।

म्यानचेष्टर युनाइटेडलाई जित दिलाउन ब्रुनो फेर्नान्डेस, एन्टोनी मार्सिएल र म्यानसन ग्रिनवुडले एक एक गोल गरे ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा ४२औं मिनेटमा ब्रुनो फेर्नान्डेसले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई पहिले अग्रता दिलाएका थिए । ५८ औं मिनेटमा एन्टोनी मार्सिएलले गोल गर्दै अग्रतालाई दोब्बर पारे । त्यसपछि खेलको ७५ औं मिनेटमा म्यानसन ग्रिनवुडले गोल गर्दै युनाइटेडलाई ३-० को जित दिलाए ।

जितपछि म्यानचेस्टर युनाइटेड लिगको पाँचौं स्थानमा उक्लेको छ। म्यानचेस्टर युनाइटेडको २७ खेलबाट ४१ अंक छ ।