इङ्लिश प्रिमियर लिगमा आर्सनल विजयी

Feb 24th, 2020

काठमाडौँ, १२ फागुन

आर्सनलले इङ्लिश  प्रिमियर लिगमा जित निकालेका छ । इङ्लिश  प्रिमियर लिग अन्तरगत आइतबार भएको खेलमा आर्सनलले एभरटनलाई ३–२ ले पराजित गरेको हो ।

आर्सनलको जितमा इडिय एनकेटिह एक गोल र अबुमियाङले  दुई गोल  गरे । एभरटनको लागि क्याल्भर्ट-लेविन र रिचार्लिसनले एक एक गोल गरे।

खेलमा पहिलो अग्रता एभरटनलेनै लियको थियो । खेलको पहिलो मिनेटमै क्याल्भर्ट-लेविनले गोल गर्दै एभरटनलाई अग्रता दिलाएका थिए । २७ औं मिनेटमा इडिय एनकेटिहले आर्सनलका लागि बराबरी गोल फर्काए । अबुमियाङले ३३ औ मिनेटमा गोल गर्दै आर्सनलको अग्रतालाई दोब्बर पारे । तर रिचार्लिसनले पहिलो हाफको ईन्जुरी समयमा गोल गर्दै खेल बराबरीमा फर्काए ।

दोस्रो हाफको पहिलो मिनेटमै अबुमियाङले ब्यक्तिगत दोस्रो गोल गरे । तयसपछि कुनै गोल हुन सकेन र आर्सनलले जित निकालेको हो ।

जितसँगै  आर्सनलको २७ खेलबाट ३७ अंक छ र लिगको नवौं स्थानमा उक्लेको छ।पराजित एभरटनको समान खेलबाट ३६ अंक रहेको छ र लिगको ११ औं स्थानमा छ ।