हुंडईले ल्यायो स्प्रिङ डिलाईट योजना

Feb 23rd, 2020

काठमाडौ, फागुुन ११

नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले “हुन्डाई स्प्रिङ डिलाईट योजना ल्याएको छ । यस योजनामार्फत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगदछुटका साथै विभिन्न सुबिधाहरु प्राप्त गर्ने अवसर पाँउनेछन ।

यस योजना अन्तर्गत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुट, निशुल्क १ वर्ष सम्मको बिमा, आकर्षक एक्सचेन्ज बोनस, स्पट् एक्सचेन्ज तथा मुुुल्यांकनको सुबिधा समेत प्राप्त गर्न सक्नेछन । साथै हरेक हुन्डाई गाडीको खरिदमा ४ वर्षसम्म निशुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि प्राप्त गर्न सकिने छ ।

वसन्त ऋतुको नयाँ बहारलाई स्वागत गर्नको लागि यस “हुन्डाई स्प्रिङ डिलाईट योजना” ले ग्राहकवर्गमा नयाँजोस र जागर उत्पन्न गर्ने लक्ष्य लिइएको छ । यस लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र यस “हुन्डाई स्प्रिङ डिलाईट योजना” मार्पmत पनि ग्राहकहरुलाई विभिन्न सेवासुविधा प्रदान गर्ने लक्ष्य लिएको छ । यस योजना निर्धारित समयका लागि मात्र लागु हुुने कम्पनीले जानकारी दिएको छ ।