एकै दिन ६९ अकले बढ्यो नेप्से

Feb 23rd, 2020

काठमाडौ, फागुुन ११

नेप्से आज आईतबार एकै दिन ६९ दसमलव ५६ अंकले बढेर १५ सय चार दसमलव १४ अंकमा चढेको छ । सेन्सिटिभ इन्डेक्स पनि १७ दसमलव सात अंकले बढेर तीन सय १७ दसमलव ५० अंकमा पुुगेको छ । नेप्सेमा आज एक सय ७८ कम्पनीहरुको ३० हजार चार सय ५६ वटा कम्पनीहरुको ८७ लाख ६९ हजार पाँच सय २२ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम तीन अर्ब ६० करोड ८५ लाख २६ हजार तीन सय ५४ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा १२ वटै समुहको सुचक बढेर पुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ८६ दसमलव एक एक अंकले बढेर १२ सय ८८ दसमलव ७४ अंकमा पुगेको छ । बिकास बैक समुहको सुचक पनि ८४ दसमलव ५९ अंकले बढेर १९ सय ६६ दसमलव २२ अंकमा पुगेको छ । जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा फष्र्ट माईक्रो फाईनान्स बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा तारागाउँ रेजिन्सी होटल परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज एनएमबी बैक परेको छ ।