• गृहपृष्ठ
  • छाया सरकारको पहिलो एक्सन : भ्रष्टाचारमा उद्धत भएकाहरु विरुद्ध कडा रुपले उत्रने

छाया सरकारको पहिलो एक्सन : भ्रष्टाचारमा उद्धत भएकाहरु विरुद्ध कडा रुपले उत्रने

Feb 23rd, 2020

आधारभूमी संवाददाता

काठमाडौं ११ फागुन

नेपाली काँग्रेसको छाया सरकार भ्रष्टाचारविरुद्ध कडारुपमा प्रस्तुत हुने भएको छ । छाया सरकारको आइतबार बिहान काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो

सरकारको काम कारबाहीको निगरानी र खबरदारी गर्न बनाइएको कांग्रेसले छाया सरकार बनाएको थियो । छाया सरकार बनाएपछि पहिलोपटक मन्त्रीपरिषदको बैठक बसेको हो । सो बैठकले निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड बढी कमिसन बार्गेनिङ गरेको विषयलाई सशक्त ढंगले उठाउने निर्णय गरेको छ ।

सो बैठकले बाँस्कोटाको रेक्युरिटी प्रेस खरिद प्रकरणमा भएको बार्गेनिङसम्बन्धी अडियोमा सरकार बाहिर रहेका दलहरुसँग गम्भीर ढंगले छलफल गरी साझा धारणा बनाएर अघि बढ्ने निर्णय गरेको छ ।

आजको छायाँ मन्त्रिपरिषद्को बैठकमा छाया मन्त्रीहरुले आफूले गरेका कामहरुको विवरण बैठकमा प्रस्तुत गरेका थिए । वर्तमान सरकार नीतिगत भ्रष्टाचारमा उद्धत भएको निष्कर्ष बैठकको छ ।

साथै बैठकमा गोकुल बास्कोटा प्रकरण बाहिरिएको तर अन्य मन्त्रालयमा पनि अवस्था उस्तै रहेको वताइएको थियो ।