• गृहपृष्ठ
  • बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीबाट सम्बोधन

बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीबाट सम्बोधन

Feb 23rd, 2020

काठमाडौं, ११ फागुन

नेपाल सरकार गृह मन्त्रालय र प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशको संयुक्त आयोजनामा मकवानपुरको हेटौंडामा शनिबारदेखि सुरू भएको बागमती प्रदेशस्तरीय दुई दिवसीय सुरक्षा गोष्ठीमा प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले सम्बोधन गर्नुभएको छ ।

सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक ज्ञवालीले शान्ति सुरक्षाको अवस्था, अपराध अनुसन्धान तथा नियन्त्रण र प्रहरीले सम्पादन गरेका समग्र कार्य, हालसम्म प्राप्त उपलब्धीहरु लगायतका विषयमा चर्चा गर्नुभयो । बागमती प्रदेशको सुरक्षा चुनौती र प्रहरीले गर्नुपर्ने काम कारबाही र सतर्कता सम्बन्धमा उहाँले प्रस्तुतीकरण समेत गर्नुभयो ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा शुरू भएको आजको सत्रमा गृहमन्त्री राम बहादुर थापा ुबादलु का सल्लाहकार प्रा।डा। इन्द्रजित राई, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाली सेनाका युद्ध कार्यका महानिर्देशक उपरथी राजेन्द्र कार्की, गृह मन्त्रालयका सहसचिवहरू समेतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

सहभागी विभिन्न बक्ताहरु समेतले आ(आफ्नो मन्तव्य व्यक्त गर्नुभएको गोष्ठीमा बागमती प्रदेशको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय, विपद् तथा द्वन्द्व व्यवस्थापन एवं आगामी कार्यक्रम लगायतका विविध विषयमा छलफल, अन्तरक्रिया र प्रस्तुतीकरण भएको थियो ।

आइतबार सम्पन्न हुने उक्त गोष्ठीमा बागमती प्रदेशका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुखहरूको सहभागिता रहेको छ ।

उक्त गोष्ठीको आजको सत्र सम्पन्न पश्‍चात् प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले बागमती प्रदेश प्रहरी कार्यालय तथा मातहत कार्यालयहरुका प्रमुखहरु एवं अन्तर्गत १३ वटै जिल्लाका प्रहरी प्रमुखहरुलाई शान्ति सुरक्षा लगायत समसामयिक विषयमा निर्देशन समेत दिनुभएको थियो ।