• गृहपृष्ठ
  • रोनाल्डोको कीर्तिमानी गोलसँगै युभेन्ट्सको जित

रोनाल्डोको कीर्तिमानी गोलसँगै युभेन्ट्सको जित

Feb 23rd, 2020

काठमाडौँ, ११ फागुन

क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा युभेन्ट्सले इटालियन सिरि ए फुटबलमा जित निकालेको छ ।शनिबार राति भएको खेलमा युभेन्ट्सले एसपीएललाई २–१ ले गोल अन्तरले हराएको हो ।

क्रिष्टियानो रोनाल्डोले आफ्नो खेल जीवनको एक हजार खेल पुरा गरेका छन्। यही खेलमा रोनाल्डोले सिरि ए फुटबलमा लगातार ११ खेलमा गोल गर्न समेत सफल रहेका छन् ।

लिग अन्तरगत शनिबार एसपालविरूद्धको खेलमा उनले यो कीर्तिमानसँग बराबरी गरेका हुन्।

युभेन्ट्सलाई जित दिलाउन रोनाल्डोले ले रआरोन रामसीले एक( एक गोल गरे । एसपीएलको आन्ड्रे पेटाग्नालेटरले पेनाल्टीमा एक गोल फर्काए ।

खेलमा रोनाल्डोले ३९ औँ मिनेटमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । ६० औँ मिनेटमा राम्सेले गोल गर्दै युभेन्ट्सको अग्रतालाई दोब्बर पारे । खेलको ६९ औं मिनेटमा पाएको पेनाल्टीमा पेटाग्नाले एसपिएएलका लागि एक गोल फर्काए । तयसपछि कुनै गोल हुन सकेन र युभेन्ट्सले जित निकालेको हो ।

जितसँगै युभेन्ट्स शीर्ष स्थानमा छ । युभेन्टसको २५ खेलबाट ६० अंक छ । एक खेल कम खेलको लाजियोको ५६ अंक रहेको छ। पराजित एसपीएलको १५ अंक छ ।