• गृहपृष्ठ
  • बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा

बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा

Feb 23rd, 2020

काठमाडौँ, ११ फागुन

बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

बार्सिलोना जारी स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा इबरलाई ५-० गोल अन्तरले हराउँदै बार्सिलोनाले शीर्ष स्थान कब्जा गरेकोे हो ।

घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले ह्याट्रिकसहित चार गोल गरे र अर्थरले एक गोल गरे ।

मेस्सीले पहिलो हाफमा ह्याट्रिक गरेका थिए भने दोस्रो हाफमा एक गोल थपेका थिए ।

जितपछि बार्सिलोना लिगको शीर्ष स्थानमा उक्लिएको छ। बार्सिलोनाले २५ खेलबाट ५५ अंक जोडेको छ । समान खेल खेलेको रियलको ५३ अंक छ र लिगको दोश्रो स्थानमा झरेको छ ।पराजित  इबर २४ अंकसहित लिगको १६ औं स्थानमा रहेको छ ।