• गृहपृष्ठ
  • नेकका एक सय २९ विद्यार्थी इन्जिनियर उपाधिबाट दिक्षित

नेकका एक सय २९ विद्यार्थी इन्जिनियर उपाधिबाट दिक्षित

Feb 22nd, 2020

काठमाडौं, फागुन १०

नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायणमा अध्ययनरत एक सय २९ जना विद्यार्थी इन्जिनियर उपाधिबाट शनिबार एक कार्यक्रमवीच दिक्षित भएका छन् । कलेजले शनिबार गरेको विदाई कार्यक्रममा उनीहरुलाई कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठले दिक्षित गरेका हुन् । कलेजको कम्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिंङ र इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिंङ बिभागको संयुक्त आयोजनामा विदाई कार्यक्रम भएको थियो । कम्प्युटर इन्जिनियरिङंका ७५ जना, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिंङका ३२ जना र इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिंङका २० जना गरी कुल एक सय २९ जना इन्जिनियर उपाधिबाट विभूषित भएका थिए ।

कार्यक्रममा कलेजका प्राचार्य प्राडा श्रेष्ठले घुस खाएको आरोपमा यता यति इन्जिनियर पक्राउ उता उति इन्जिनियर पक्राउका समाचार आइरहेको भन्दै पैसाको पछि नलाग्न उनले विद्यार्थीलाई निर्देशन दिए । पहिला निरन्तर मेहनत र परिश्रम गर्नुस् पछि तपाई पैसाको होइन, पैसा तपाईको पछाडि आउनेछ, उनले इन्जिनियर उपाधि हासिल गरेका विद्यार्थीलाई भने, त्यसकारण राम्रो काममा मात्रै लाग्नुस् कलेजको नाम उच्चो राख्नूस् ।

मेहनत र परिश्रम गर्न कहिल्यै नछोड्न उनले विद्यार्थीलाई निर्देशन दिए । निरन्तरको मेहनत र परिश्रमले पछिपछि प्राजेक्टहरु आफनो पछि लाग्ने अनुभब सुनाउँंदै उनले सुरुमा केही समय मात्रै प्रोजेक्टको पछि लाग्नुपर्ने अवस्था आउने सुनाए । प्राजेक्टहरु पछि लाग्न थालेपछि पैसा विस्तारै आफनो पछि लाग्न थाल्ने उदाहरण उनले दिए । उनले मेहनत र परिश्रमको विकल्प मेहनत र परिश्रम नै मात्रै रहेको बताए ।

कलेजका उपप्राचार्य दीपक धामी, एकेडेमिक कोअर्डिनेटर मोहनध्वज केसी, कलेज सञ्चालक समितिका सदस्द्धय दुर्गा भण्डारी र नरेश खड्का, कलेजको कम्युटर इन्जिनियरिंङ विभागका प्रमुख दिनेश डंगोल, इलेक्टिकल एण्ड इलेक्टोनिक्स इन्जिनियरिंङ विभागका प्रमुख अजयकुमार लाल र इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिंङ बिभाग प्रमुख रुपेश दहीलगायतले उपाधि हासिल गर्न सफल विद्यार्थीर्लाइ वधाई दिए । कार्यक्रममा ६ जना विषय उत्कृष्ट विद्यार्थीलाई पुरस्कार पनि प्रदान गरिएको थियो ।

कलेजमा बीई तहमा सिभिल, सिभिल एण्ड रुरल आर्किटेक्चर, इलेक्टिकल एण्ड इलेक्टोनिक्स, कम्प्युटर, इलेक्टोनिक्स एण्ड कम्युनिकेशन र सिभिल फर डिप्लोमा होल्डर्समा पढाइ भइरहेका छन् ।