• गृहपृष्ठ
  • नेकमा आर्किटेक्चर डिजाइनमा अवधारणा विकास विषयक कार्यशाला सम्पन्न

नेकमा आर्किटेक्चर डिजाइनमा अवधारणा विकास विषयक कार्यशाला सम्पन्न

Feb 22nd, 2020

काठमाडौ, फागुुन १०

आर्किटेक्चरको सही प्रयोगको लागि डिजाइनमा अवधारणा विकास अत्यावस्यक हुन्छ, शैक्षिक संस्था‚ उद्योग र पत्रकारिताको सहकार्य भएमा मात्र यस विषयको सिप विद्यार्थीहरूमा विकसित हुन्छ भन्ने आधारभुत मान्यताकासाथ नेपाल इन्जिनियरिङ कलेज (नेक) चाँगुनारायण भक्तपुरमा एकदिने कार्यशाला सम्पन्न भएको छ ।

प्रारम्भमा कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले कार्यशालाको महत्ववारे प्रकास पार्नुभएको थियो भने सहायक प्राध्यापक इ. मोहनध्वज के.सी.ले स्वागत मन्तव्य दिनुभएको थियो । कलेजको आर्किटेक्चर विभागका प्रमुख आ. न्हसला सायमीले तेस्रो वर्षका विद्यार्थीहरूलाई कार्यशालाको अभिमुखिकरण गर्नुभएको थियो ।

ए फर आर्किटेक्चर(एएफए) नामक संस्थाका संस्थापक आ. प्रजल प्रधान कार्यशालाको प्रमुख स्रोतव्यक्ति हुनुहुन्थ्यो । प्रजल प्रधानले विद्यार्थीहरूलाई सिप सिकाउनुभएपछि ती विद्यार्थीहरूले एउटा प्राथमिक विद्यालयको डिजाइन तयार पारेका थिए । आर्किटेक्चर सम्वन्धी पत्रिका स्पेसकातर्फबाट अनु राजवंशीले कार्यशालाको अनुगमन तथा रेकर्डिङ गर्नुभएको थियो ।

उक्त कार्यशालामा आवस्यकता पहिचान तथा स्थलगत अध्ययन‚ केश स्टडी र अवधारणा विकाससमेत गरी तीन चरणमा सम्पन्न गरिएको थियो । उत्साहित विद्यार्थीहरूले उक्त कार्यशालाबाट आफुहरूले धेरै व्यवहारिक सिप सिकेको प्रतिकृया दिएका थिए । कार्यशालाले शैक्षिक संस्था‚ विषयगत उद्योग तथा पत्रकारिता बीच सहयोग र सद्भावको पनि विकास भएको भाग लिएका सवैले महसुस गरेका थिए ।