• गृहपृष्ठ
  • सुनको मूल्य ७८ हजार नाघ्याे, चाँदी स्थिर

सुनको मूल्य ७८ हजार नाघ्याे, चाँदी स्थिर

Feb 21st, 2020

आधारभूमी संवाददाता

काठमाडौं ,९ फागुन

सुनको मूल्यमा नयाँ कायम भएको छ । बिहीबार  तोलामा ५ सयले बढेर ७७ हजार ६  सय रुपैयाँमा कारोबार भएको छापावल सुनकाे मूल्य अाज पनि ५ सयले बढेको छ ।

शुक्रबार छापववाल सुन ७८ हजार १ सयमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुन पनि ५ सयले बढेर ७७ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । बिहीबार  तेजाबी सुन प्रतितोला रु ७७ हजार ३०० मा खरिद बिक्री भएको थियो ।

चाँदीको मूल्य आज स्थिर रहेको छ । महासङ्घले आजको लागि चाँदीको मूल्य प्रतितोला रु ९१५ तोकेको छ । बिहीबार  पनि चाँदी तोलामा ९१५ रुपैयाँमा कारोबार भएको थियो ।