• गृहपृष्ठ
  • एनएमबी बैंक र चेपे खोला साना जलविद्युत आयोजनाबिच सम्झौता

एनएमबी बैंक र चेपे खोला साना जलविद्युत आयोजनाबिच सम्झौता

Feb 21st, 2020

काठमाडौं, फागुुन ९

एनएमबि बैक लिमिटेडले आशुतोष इनर्जी प्रा. लि.द्घारा प्रवद्र्घित लम्जुङ्ग जिल्लाको दुधपोखरी गाउँपालिका तथा गोरखा जिल्लाको अजिरकोट गाउँपालिकामा अवस्थित ८.६३ मेगावाटको चेपे खोला साना जलविद्युत आयोजनामा लगानी गर्नको लागि सम्झौता गरेको छ । ८.६३ मेगावाट क्षमता भएको चेपे खोला साना जलविद्युत आयोजनाको कुल लागत रु. १,५०,००,००,०००।– (अक्षरुपी एक अर्व पचास करोड रुपैयाँ) रहनेछ जस मध्ये बैकको लगानी कुल रु १,१२,५०,००,०००।– (अक्षरुपी एक अर्ब बाह्र करोड पचास लाख रुपैयाँ) हुनेछ । यससँगै एनएमबि बैक लि.को कुल ४० वटा जलविद्युत आयोजनाहरुमा लगानी हुनेछ ।

चेपे खोला साना जलविद्युत आयोजनामा जलविद्युत क्षेत्रका अनुभवी प्रवद्र्घकहरु तथा स्थानीय बासिन्दाहरुको लगानीमा निर्माण हँुदैछ । व्यापारिक उत्पादन शुरु गर्नुपर्ने मिति २०७८ फाल्गुण ९ गते भएतापनि कम्पनीले ४ महिना अगावै व्यापारिक उत्पादन शुरु गर्ने लक्ष्य राखेको छ । विद्युत गृहबाट उत्पादित विद्युत लमजुङ्ग जिल्लामा अवस्थित किर्तिपुर सब स्टेशनमा जडान गरिनेछ ।