• गृहपृष्ठ
  • आदर्श आजादका उत्कृष्ट विद्यार्थी पुरस्कृत

आदर्श आजादका उत्कृष्ट विद्यार्थी पुरस्कृत

Feb 21st, 2020

भक्तपुर, फागुुन ९

भक्तपुरको भेलेखुलेस्थित आदर्श आजाद माविको ६० औं र आदर्श आजाद कलेजको ११ औ वार्षिकोत्सव विहीबार सम्पन्न भयो । कार्यक्रममा स्कुल र कलेज दुवैका उत्कृष्ट विद्यार्थी पुरस्कृत भएका छन् ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले कक्षागत तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थी पुरस्कृत भएका हुन् । कार्यक्रममा विजुक्छेले शिक्षा श्रमसँंग जोडेनुपर्नेमा जोड दिए । उनले यही कारण नेपालको शिक्षा काम नलाग्ने भएको बताए ।

कार्यक्रम कलेज व्यवस्थापन समितिका अध्यक्ष उद्धब सुजखू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वराम कवाँं, विद्यालय कलेजका प्राचार्य श्रीकृष्ण किसी, ख्वप कलेज अफ इन्जिनियरिंगका प्राचार्य ईन्जिनियर सुजन दुवाल, बासु मावि कलेजकी प्राचार्य अम्विका न्याइच्वाई लगायतले पनि आआफनो धारणा राखेका थिए ।