• गृहपृष्ठ
  • सेयरबजारमा लघुबित्त कम्पनी रोजाइमा, बैंकका सेयर बिक्नै गाह्रो

सेयरबजारमा लघुबित्त कम्पनी रोजाइमा, बैंकका सेयर बिक्नै गाह्रो

Feb 21st, 2020

आधारभूमी संवाददाता

काठमाडौं,फागुन ९

पछिल्लो समयम सेयरबजारमा लगानीकर्ताको पहिलो रोजाइमा लघुबित्त कम्पनीका सेयर परेका छन् । तर बैंकका सेयरमा भने लगानीकर्ताको चासो छैन । जसका कारण अहिले बैंकका सेयरको मूल्य झन्डै प्राथमिक मूल्यकै हाराहारीमा आइपुगेको छ।

अहिले धेरैजसो वाणिज्य बैंकको प्रतिकित्ता सेयर दोस्रो बजारमा डेढ सय देखि २ सय पचास रुपैयाँसम्म पाइन्छ । बिहीबार कारोबार बन्द हुँदा सिभिल बैंकको प्रतिकित्ता १ सय ५२, सेञ्चुरीको १ सय ८४, कुमारी बैंकको १ सय ९६, एनसीसी बैंकको १ सय ९७ र सिटिजन्स बैंकको १ सय ९९ रुपैयाँ छ ।

एक महिनायता सेयरबजारमा दैनिक औसतमा १ अर्ब ५१ करोड रुपैयाँको कारोबार भएको छ । सेयर बजारमा ५१ प्रतिशत हिस्सा ओगट्ने बैंकिङ समूहको कारोबार औसत ४१ करोडमा सीमित हुँदा, बीमा कम्पनीको ५४ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

अहिले लघुबित्त कम्पनी लगानीकर्ताको रोजाइमा छन् । जसका कारण बीमा र लघुवित्त कम्पनीको सेयर मूल्य अकासिएको छ ।

एक महिनाको अवधिमा बैंकिङ समूहको परिसूचकदुई दशमलव सात प्रतिशतले मात्र बढेको छ भने लघुवित्त समूहको मूल्य ३०, जीवन बिमा समूहको २९ र निर्जिवन बीमा समूहको २० प्रतिशतले बढिसकेको छ ।

बैंकको नाफा घट्न सक्ने भन्दै उनिहरु बैंकमा लगानी गर्न त्यती इच्छुक देखिएका छैनन् । बिज्ञहरु भने बीमा र लघुवित्त कम्पनीको तुलनामा सेयर आपूर्ति निकै धेरै रहेकाले बैंकहरुको मूल्य नउकासिएको केहि यस्तै लघुवित्त कम्पनीको पनि ३२ करोडका दरले कारोबार भएको छ ।

पछिल्लो समय कर्जा विस्तारमासंकुचन र राष्ट्र बैंकले स्प्रेडदर घटाएकाले लगानीकर्तामा बैंकको मुनाफा घटी त्यसको असर लाभांशमा पर्ने आशंका पनि छ ।