नेप्से आज २९ अंकले बढ्यो

Feb 20th, 2020

काठमाडौ, फागुुन ८

नेप्से आज बिहिबार २९ दसमलव ३२ अंकले बढेर १४ सय ३४ दसमलव ५७ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि चार दसमलव पाँच अंकले बढेर तीन सय दसमलव ४४ अंकमा पुगेको छ । एक सय ८० वटा कम्पनीहरुको २३ हजार नौ सय वटा कारोवारमा ५८ लाख २९ हजार पाँच सय १० कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम दुुई अर्ब ७८ करोड ५० लाख चार हजार नौ सय आठ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा टे«डिङ र सामुुहिक लगानी कोष समुहको सुचक घटेकाछन भने बाँकी समहुको सुचक बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक सात दसमलव नौ अंकले बढेर १२ सय दुुई दसमलव ७२ अंकमा पुगेको छ । बिकास बैंक समुहको सुचक १० दसमलव चार अंकले बढेर १८ सय ८१ दसमलव ६३ अंकमा पुुगेको छ । जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि क्रमश बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा बोर्टलस नेपाल तराई लिमिटेड परेको छ भने भने राधी जलबिद्युुत कम्पनी बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको छ । रकम कारोवारका आधारमा भने शिवम सिमेन्ट पहिलो स्थानमा परेको छ ।