• गृहपृष्ठ
  • ७० करोड कमीसन काण्डले गुम्यो मन्त्री पद, अन्तत दिए सञ्चारमन्त्री बाँस्कोटाले राजीनामा

७० करोड कमीसन काण्डले गुम्यो मन्त्री पद, अन्तत दिए सञ्चारमन्त्री बाँस्कोटाले राजीनामा

Feb 20th, 2020

आधारभूमी संवाददाता

काठमाडौं ,८ फागुन

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड घुस मागेको अडियो सार्वाजानिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । 

उनले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी गरेको तथ्य बाहिरीएपछि मन्त्री पदबाट राजीनामा दिएका हुन् । 

सभामुख अग्नि सापकोटाले बास्कोटाले राजीनामा दिएको  संसदमा जानकारी गराएका छन् । संसदको बैठकमा प्रमुख विपक्षी कांग्रेसले सञ्चारमन्त्री बास्कोटालाई बर्खास्त गर्न माग गरेको थियो । 
यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने र यसलाई भ्रष्टाचारको विषय बनाउनुपर्ने कांग्रेसको माग छ । बास्कोटाले राजीनामा दिएपनि औपचारिक पत्र भने आउन बाँकी रहेको संसद स्रोतले वताएको छ ।