• गृहपृष्ठ
  • बाँस्कोटाको अडियो प्रकरणले राजनीतिमा उछालः कांग्रेसद्धारा बाँस्कोटालाई बर्खास्त गर्न माग , लेखा समितिमा सांसदको असन्तुष्टी

बाँस्कोटाको अडियो प्रकरणले राजनीतिमा उछालः कांग्रेसद्धारा बाँस्कोटालाई बर्खास्त गर्न माग , लेखा समितिमा सांसदको असन्तुष्टी

Feb 20th, 2020

आधारभूमी संवाददाता

काठमाडौं ,८ फागुन

सूचनाप्रविधि मन्त्री गोकुल बाँस्कोटाको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भएको घुस प्रकरणले संसद तताएको छ । नेपाली कांग्रेसले मन्त्री बास्कोटालाई बर्खास्त गर्न माग गर्दै राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ ।

कांग्रेस सांसदहरु आ आफ्नो स्थानमा उभिएर राष्ट्रियसभा बैठक अवरुद्ध गरेका छन् । अर्को बैठक १५ फागुनमा बस्नेछ ।

मन्त्री गोकुल बास्कोटाले मन्त्रालयका कर्मचारीलाई अश्लील शब्दले गाली गर्दै दलालसँग कमिसनको कुरा गरेको अडियो सार्वजनिक भएपनि सांसदहरुले आपत्ति जनाएका हुन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि मन्त्री बाँस्कोटाले स्वीस कम्पनीको नेपालस्थित एजेन्टसँग ७० करोड घुसका लागि डिल गरेको अडियो गएराति सार्वजनिक भएको थियो ।

अडियो सम्वादमा मन्त्री बास्कोटासँग कुरा गर्ने व्यक्ति स्वीस कम्पनीको एजेन्ट हो भन्ने कुराकानीबाट बुझ्न सकिने हाम्राकुरा डट कम ले उल्लेख गरेको छ ।

सो अनलाइनका अनुसार २ मिनेट ३० सेकेन्डको अडियोमा सेक्युरिटी प्रेसका एजेन्ट र मन्त्री बास्कोटावीच ७४–७५ करोड कमिसन लेनदेनबारे कुरा भएको छ । मन्त्री बास्कोटाले कर्मचारीहरुलाई नभन्नु भन्दै कमिसन लेनदेनमा सहमति जनाएको अडियो सम्वादमा सुन्न सकिन्छ ।

मन्त्री बास्कोटासँग कमिसनबारे सम्वाद गर्ने व्यक्ति स्वीस कम्पनीका एजेन्ट विजय मिश्र भएको वताइएको छ । विहीबार सार्वजनिक भएको अडियो र त्यसमा प्रयुक्त भाषाले मन्त्री बास्कोटामाथि गम्भीर प्रश्न उठाइदिएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस मेसिन खरिदबारे सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड बढीको कमिसन डिल गरेको दावीसहितको अडियो बाहिरिएपछि संसदको सार्वजनिक लेखा समिति बैठकमा हंगामा भएको छ ।

लेखा समितीमा संसदको तीब्र असन्तुष्टी

यसैवीच बास्कोटाको यस ७० करोड कमीसन मागेको प्रकरणले लेखा समितिको बैठकमका पनि हंगामा मच्चिएको छ ।

समितिको आजको बैठकले प्रिन्टिङ प्रेस खरिदसम्बन्धी आवश्यक निर्णय गर्ने तयारी गर्दैगर्दा त्यसअघि नै अडियो बाहिरिएपछि सांसदहरुले आपत्ति जनाएका छन् ।

कांग्रेसका सांसदहरुले लेखा समितिको मिलेमतो र भागभन्डामा नाम उल्लेख गर्ने, सार्वजनिक गर्ने र सेयर गर्नेलाई समेत साईबर क्राईमको मुद्दा लगाउन माग गरेको स्रोतले वताएको छ ।

सांसदहरुले प्रिन्टिङ प्रेस मेसिन खरिबारे सरकारले निर्णय नगर्दै किन फ्रान्स भ्रमणमा गइयो भन्दै प्रश्न समेत उठाएका थिए ।