• गृहपृष्ठ
  • घुस प्रकरणमा मुछिएपछि के भने सञ्चारमन्त्री बाँस्कोटाले ?

घुस प्रकरणमा मुछिएपछि के भने सञ्चारमन्त्री बाँस्कोटाले ?

Feb 20th, 2020

आधारभूमी संवाददाता

काठमाडौं, फागुन ८

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सञ्चार तथा सुचना मन्त्री गोकुल बाँस्कोटाले कञ्चनपुरबाटै स्पष्टोक्ति दिएका छन् ।

उनले आज बिहान कञ्चनपुरको पुर्नवासमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै आफूमाथि लागेको आरोप पुष्टि भए व्यर्होने बताएका छन् ।

आन्दोलन र दललाई धोका नदिने भन्दै ६० करोडको कुरा मात्रै नभई जतिसुकै करोडको कुरा भए पनि आफूले आन्दोलनलाई धोका नदिने बताए ।

उनले भने ‘यहाँ ६० करोडको कुरा छ होइनरु जतिसुकै करोडको कुरा होस् । मलाई के थाहा छ भने मैले आन्दोलनलाई धोका दिनुहुन्न । दललाई धोका दिनुहुन्न र म भोली कमरेडहरुसँगै बाच्नुपर्छ ।’

आरोप अनेक लाग्न सक्छ भन्दै उनले थपे ः ‘यसको पुष्टि हुनुपर्यो, प्रमाण हुनुपर्यो । आरोपहरु अनेका लाग्न सक्छन् । उहाँले ६० करोड भन्नुभयो, उहाँले ३० करोड भन्नुभयो, ३० दिने की ६० दिने त १२ अर्वबाट घटेर करोडमा आएपछि किन चिन्ता गर्ने रु तर म माथि कुनै आरोप लाग्यो भने, मैले पुष्टि गर्नसक्नुपर्छ ।’

उनले नेकपाको खास चरित्र भ्रष्टाचारविरुद्ध भएको भन्दै उक्त आरोप पुष्टि नहुने दावी गरे । ‘जसले गल्ती गर्छ, त्यही जान्छ’ मन्त्री बाँस्कोटाले भने, ‘यस्ता विषयले पार्टीलाई लैजाने होइन, आत्तिनु पर्दैन, मैले गल्ती गरेको भए मै जाउँला’ ।