आज पनि सुन तोलामा ५०० ले वृद्धि

Feb 20th, 2020

काठमाडौं,फागुन ८

सुनको मूल्यमा नयाँ कायम भएको छ । बुधवार तोलामा ४ सयले बढेर ७६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावल सुन बिहीबार ५ सयले बढेको छ ।

बिहीबार छापावाला सुन ७७ हजार ६ सयमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुन पनि ५ सयले बढेर ७७ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला रु ७६ हजार ८०० मा खरिद बिक्री भएको थियो ।

त्यस्तै चाँदीको मुल्य पनि तोलामा १० रुपैया बढेर ९१५ रुपैयाँमा कारोबार भएको छ । बुधवार चाँदी तोलामा १०५ रुपैयाँमा कारोबार भएको थियो ।