• गृहपृष्ठ
  • सञ्चार मन्त्री बाँस्कोटाद्धारा अश्लील भाषामा कर्मचारीलाई गाली गर्दै यसरी गरे ७० करोड घुसको डिल

सञ्चार मन्त्री बाँस्कोटाद्धारा अश्लील भाषामा कर्मचारीलाई गाली गर्दै यसरी गरे ७० करोड घुसको डिल

Feb 20th, 2020

काठमाडौं ,८ फागुन

सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले मन्त्रालयका कर्मचारीलाई अश्लील भाषा प्रयोग गर्दै शब्दले गाली गर्दै दलालसँग कमिसनको कुरा गरेको अडियो सार्वजनिक भएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि मन्त्री बाँस्कोटाले स्वीस कम्पनीको नेपालस्थित एजेन्टसँग ७० करोड घुसका लागि डिल गरेको अडियो गएराति सार्वजनिक भएको थियो ।

अडियो सम्वादमा मन्त्री बास्कोटासँग कुरा गर्ने व्यक्ति स्वीस कम्पनीको एजेन्ट हो भन्ने कुराकानीबाट बुझ्न सकिने हाम्राकुरा डट कम ले उल्लेख गरेको छ ।

सो अनलाइनका अनुसार २ मिनेट ३० सेकेन्डको अडियोमा सेक्युरिटी प्रेसका एजेन्ट र मन्त्री बास्कोटावीच ७४–७५ करोड कमिसन लेनदेनबारे कुरा भएको छ । मन्त्री बास्कोटाले कर्मचारीहरुलाई नभन्नु भन्दै कमिसन लेनदेनमा सहमति जनाएको अडियो सम्वादमा सुन्न सकिन्छ ।

मन्त्री बास्कोटासँग कमिसनबारे सम्वाद गर्ने व्यक्ति स्वीस कम्पनीका एजेन्ट विजय मिश्र भएको वताइएको छ । विहीबार सार्वजनिक भएको अडियो र त्यसमा प्रयुक्त भाषाले मन्त्री बास्कोटामाथि गम्भीर प्रश्न उठाइदिएको छ ।

अडियोमा स्वीस एम्बेसी आउने भन्दै एजन्टले मन्त्रीसँग समय मिलाउन भनेका छन् । मन्त्री बास्कोटाले ‘नर्मलमा ५० आउँछ रू ’ भनेर सोधेका छन् ।

हाम्रा कुरा डटकमा उल्लेख गरिएको मन्त्री बास्कोटा र स्वीस कम्पनीका स्थानीय एजेन्ट मिश्र शर्माबीच भएकको संवाद जस्ताको तस्तैः

-विजय प्रकाश मिश्र शर्माः यो १२ गते १२ बजेपछि स्वीस एम्वेसी आउँछ। स्वीस एम्वेसीले बोलाएर आउँछ तपाइले बोलाएर आउने हैन

-मन्त्री गोकुल बास्कोटाः ह…

-विजय प्रकाश मिश्र शर्माः
सकेसम्म एमओयू गर्नेकी भन्ने हिसावले आउन थालेको छ। तपाइहरुको कार्यक्रमको बारेमा एम्वेसडरले छुट्टै कुरा गर्न चाहेको छ।

-मन्त्री गोकुल बास्कोटाः ठीक छ।

-विजय प्रकाश मिश्र शर्माः त्यसका लागि तपाइले टाइम मिलाइदिनुपर्‍यो।

-मन्त्री गोकुल बास्कोटाः मिलाइदिन्छु।

-विजय प्रकाश मिश्र शर्माः त्यसका लागि(कमिसनका लागि) हामी आउट अफ ट्याक जानेकी तपाइले भने अनुसार नै गर्ने लु भन्नुस।

-मन्त्री गोकुल बास्कोटाः अब। क्यापासिटीको कुरा।

-विजय प्रकाश मिश्र शर्माः कुरा चाहि मैले राखेको छु उनीहरुलाई।

-मन्त्री गोकुल बास्कोटाः उनीहरुलाई नर्मलमा ५० भन्ने ?

-विजय प्रकाश मिश्र शर्माः त्यसमा नर्मलमा

-मन्त्री गोकुल बास्कोटाः उनीहरुले कति निकाल्छन ?

-विजय प्रकाश मिश्र शर्माः यस्को टोटलको पर्सेन्ट निकाल्ने हो।

-मन्त्री गोकुल बास्कोटाः टोटल कति निस्कन्छ त्यो हेरौं।

-विजय प्रकाश मिश्र शर्माः केहि न केहि त भइराछ त्यहि बेसमा जाने हो। बेसचाहि तपाइहको उसमै जाने हो हामी।

-मन्त्री गोकुल बास्कोटाः सकेसम्म २५ देखि २७ अर्वमा सकाउन पाए हुन्थ्यो। मानौ २५ निस्कयो भने कति हुन्छ ?

-विजय प्रकाश मिश्र शर्माः ७० जति आउलाकी! आउट अफ ट्याक नजादा ७० जति आउलाकी।
-मन्त्री गोकुल बास्कोटाः तपाइलाई के गर्छन ? छुट्टै गर्छन ?

-विजय प्रकाश मिश्र शर्माः टोटल ७४ जति आउँछ भन्ने हाम्रो अनुमान छ। यसमा ७० प्रतिशत तपाइहरुलाई दिने हो, हामीले ३० प्रतिशत राख्ने हो। यो एकदमै ट्रान्सपरेन्ट हुन्छ।

-मन्त्री गोकुल बास्कोटाः त्यो भनेको कति हुन्छ ?

-विजय प्रकाश मिश्र शर्माः ५४ देखि ५५ करोड तपाइहरुलाई दिने १५ देखि १६ हामीले राख्ने। हामीले पनि त अलि अलि राख्नुपर्‍योनी। आउट अफ ट्याक गइयो भने।

-मन्त्री गोकुल बास्कोटाः अनि यो कर्मचारीसँग कस्ले कुरा गर्छनी ?

-विजय प्रकाश मिश्र शर्माः त्यो कुरा तपाई गर्नुस।

-मन्त्री गोकुल बास्कोटाः एउटा के नगर्नुस भने यी मु..कर्मचारीलाई यस्तो कुरा गर्न लाग्यो भने यिनले हेप्छन। त्यसकारण यो कुरामा तपाई आफै लाग्नुस। कुरा बुझ्नुभो ।

-विजय प्रकाश मिश्र शर्माः त्यसो भए म आफै लाग्छु। उसले त बनाएर राखिसकेको छ।

-मन्त्री गोकुल बास्कोटाः त्यो मु..ले बनाएको त ३५ अर्बको छ। अब यता २७ अर्ब निस्कयो भने २८ अर्वको बनाउनुस।