• गृहपृष्ठ
  • नेपाली काँग्रेस (वी. पी.) ले मनायो प्रजातन्त्र दिवस, एमसीसी पास भए आन्दोलन गर्ने घोषणा

नेपाली काँग्रेस (वी. पी.) ले मनायो प्रजातन्त्र दिवस, एमसीसी पास भए आन्दोलन गर्ने घोषणा

Feb 20th, 2020

काठमाडौ, फागुुन ८

काठमाडौ नेपाली काँग्रेसले वि पि विचार छोडेर सिद्धान्त बिहिन भएको दाबी गर्दै स्थापना भएको पार्टी नेपाली काँग्रेस (वी. पी.) ले ७० औं प्रजातन्त्र दिवस आफ्नो केन्द्रिय कार्यलय गोङबु आवासीय क्षेत्रमा एक कार्यक्रमका बिच मनाएको युवा नेता सुशीलराज वाग्लेले जानकारी दिए ।

कार्यक्रममा बोल्दै पुर्व ए आई जि ठाकुर मोहन श्रेष्ठले प्रजातन्त्र दिवस बाहेक अरु कुनै पनि मनाउन लाएक परिवर्तनका नामका दिवस नभएको दाबी गरे । प्रजातन्त्र राजा र काँग्रेसको सहकार्यबाट आएको र वि पिले राजा र आफ्नो घाँटी जोडिएको बताउनु भएकोले राज संस्थाको विकल्प नरहेको बताउनु भयो । सभापति हरिबोल भट्टराईले सरकार , प्रतीपक्ष दल तथा संसदमा सहभागी दलले सूचना प्रविधि (मिडिया ) विधेयक जस्ता विधेयकहरु ल्याई प्रजातन्त्रको घाँटी निमोठने काम गरेको भन्दै प्रजातन्त्र दिवस मनाएर नौटङ्की गर्नुको अर्थ नभएको दावी गरे । उनले नेपालमा पहिचान सहितको हिन्दु राष्ट्र संघियता खारेजी र वि पिले समेत स्वीकार गर्नु भएको राज संस्था नै नेपालमा सुहाउँदो व्यवस्था भएको बताए । साथै एमसीसी राष्ट्रहित विपरीत भएकोले विवादास्पद बुंदा र दफा सच्याउन पर्ने माग गरे ।

सभामुखलाई समेत एमसीसीलाई तत्काल सदनमा पेश नगर्न माग गरि ज्ञापनपत्र बुझाउने बताए । जनताको व्यापक विरोध रहेको एमसीसी संसदबाट पास गरेमा आफ्नो पार्टीले देश भरी आन्दोलनको आधिबेरी ल्याई सडकबाट नै एमसीसी खारेज गर्ने बताए ।