नेप्से पाँच अंकले बढ्यो

Feb 19th, 2020

काठमाडौं, फागुुन ७

नेप्से आज बुुधबार पाँच दसमलव २४ अंकले बढेर १४ सय पाँच दसमलव २५ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ९९ अंकले बढेर दुई सय ९५ दसमलव ९४ अंकमा पुुगेको छ । एक सय ७७ वटा कम्पनीहरुको १५ सय ५३ वटा कारोवारमा ३४ लाख ५५ हजार छ सय ८२ कित्ता सेयर खरिद बिक्री बिक्री हुंदा कारोवार रकम एक अर्ब ६२ करोड ८८ लाख ४१ हजार तीन सय ८९ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा छ वटा समुहको सुचक घटेर छ वटा समुहको सुचक बढेको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दसमलव ७५ अंकले घटेर ११ सय ९४ दसमलव ८२ अंकमा पुगेको छ । फाईनान्सस, निर्जिवन बीमा, जीवन बीमा, होटल र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन । बिकास बैंक समुहको सुचक भने आज पाँच दसमलव ५२ अंकले बढेर १८ सय ७१ दसमलव ५९ अंंकमा पुगेको छ । जलबिद्युुत, लघुुबित्त, टे«डिङ, उत्पादनमुुलक र अन्य समुहको सुचक भने बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा सामुुदायिक लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा मल्टीपर्पोस फाईनान्स परेको छ । यसैगरी बढी रकमा कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज शिवम सिमेन्ट परेको छ ।