• गृहपृष्ठ
  • प्लाष्ट नेपाल फाउण्डेशनद्धारा सडक किनारमा वृक्षारोपण

प्लाष्ट नेपाल फाउण्डेशनद्धारा सडक किनारमा वृक्षारोपण

Feb 19th, 2020

काठमाडौ, फागुुन ७

प्लाष्ट नेपाल फाउण्डेशनले सडक किनारमा वृक्षारोपण गरेको छ । फाउण्डेशनका अनुसार फागुुन ४ गते तदनुसार फरवरी महिनाको १६ तारिख, २०२० का दिन विहान प्लाष्ट नेपाल फाउण्डेशनले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत काठमाडौं महानगरको वडा नं. १२ टेकु चोक वरिपरी सडक किनारमा वृक्षारोपण गरेको हो ।

काठमाडौं महानगरपालिका वडा नं. १२ का वडाध्यक्ष विकास डंगोलको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा फाउण्डेशनका संचालक सदस्यद्धय विनित अग्रवाल र संजय अग्रवाल तथा प्रगतिशिल धारा सुधार समितिका अध्यक्ष कृष्ण पौडेल लगायत स्थानीय स्वयंसेवकहरुको सहभागिता रहेको थियो । सो अवसरमा टेकु चोकको चारैवटा सडक किनारमा ३० वटा कपुरका विरुवा वृक्षारोपण गरिएको छ । यस कार्यवाट टेकु चोक किनारमा हरियाली कायम हुन गइ शहरको सुन्दरता वढाउनका साथै वातावरण संरक्षणमा थोरै भएपनि टेवा पुग्न जाने विश्वास गरिएको छ ।