• गृहपृष्ठ
  • सुनको मूल्य ७७ हजार नाघ्याे, अझै कति बढ्ला ?

सुनको मूल्य ७७ हजार नाघ्याे, अझै कति बढ्ला ?

Feb 19th, 2020

आधारभूमी संवाददाता

काठमाडौं ,७ फागुन

सुनको मूल्यमा नयाँ कायम भएको छ । मंगलबार तोलामा २ सयले बढेर ७६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावल सुन बुधबार ४ सयले बढेको छ ।

बुधवार छापववाल सुन ७७ हजार १ सयमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुन पनि ४ सयले बढेर ७६ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार तेजाबी सुन प्रतितोला रु ७६ हजार ४०० मा खरिद बिक्री भएको थियो ।

त्यस्तै चाँदीको मुल्य पनि तोलामा १५ रुपैया बढेर ९०५ रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदी तोलामा ८९० रुपैयाँमा कारोबार भएको थियो ।