लिभरपुल एट्लेटिकोसँग पराजित

Feb 19th, 2020

काठमाडौं,फागुन ७

लिभरपुल एट्लेटिको मड्रिडसंग पराजित भएको छ । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगको खेलमा स्पानिस क्लब एट्लेटिको मड्रिडले लिभरपुललाई पराजित गरेको हो। एट्लेटिको मड्रिडको घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडले लिभरपुललाई १–० ले पराजित गरेको हो ।

खेलको शुरुमै मड्रिडले अग्रता लिएको थियो । साउलले खेलको चौथो मिनेटमै गरेको गोलनै निर्णायक बन्यो ।

खेलमा लिभरपुलले गोल गर्ने दुई मौका पाएपनि त्यसलाई सदुपयोग भने गर्न सकेन ।खेलमा मोहम्मद सलाहको प्रहार पाेस्टबाटै बाहिरियकाे थियाे । जोडन हेन्डरसनले पनि पाएको मौका गुमाउन पुगे । 

अब दोस्रो लेग आउँदो मार्च ११ मा लिभरपुलको  मैदान एनफिल्डमा हुनेछ ।