नेप्से एक दसमलव ७७ अंकले बढ्यो

Feb 18th, 2020

काठमाडौं, फागुुन ६

साताको तेस्रो कारोवार दिन आज मंगलबार नेप्से एक दसमलव ७७ अंकले बढेर १४ सय एक दसमलव एक अंकमा चढेको छ । सेन्सिटिभ इन्डेक्स पनि आज एक दसमलव शुन्य नौ अंकले बढेर दुुई सय ९४ दसमलव ९५ अंकमा चढेको छ । एक सय ८० वटा कम्पनीहरुको २० हजार सात सय १० वटा कारोवारमा ५४ लाख ३४ हजार पाँच सय कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम दुुई अर्ब ११ करोड ८८ हजार दुई सय ९४ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा चार वटा समुहको सुचक बढेर आठ वटा समुहको सुचक घटेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक सात दसमलव २८ अंकले बढेर ११ सय ९८ दसमलव ३२ अंकमा पुुगेको छ । बिकास बैंक समुहको सुचक ११ दसमलव ५४ अंकले बढेर १८ सय ६३ दसमलव छ अंकमा पुुगेको छ । यसैगरी उत्पादनमुुल र सामुुहिक लगानी कोष समुहको सुचक पनि शुन्य दसमलव दुुई अंकले बढेकाछन । जलबिद्युुत, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स र अन्य समुहको सुचक पनि भने घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा कालिका लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा लक्ष्मी लघुुबित्त बित्तीय संस्था परेको छ । रकम कारोवारका आधारमा भनचे आज एनआईसी एशिया बैक पहिलो स्थानमा परेको छ ।