• गृहपृष्ठ
  • काँग्रेस गुल्मीका प्रथम सभापति ज्ञवालीको निधन

काँग्रेस गुल्मीका प्रथम सभापति ज्ञवालीको निधन

Feb 18th, 2020

काठमाडौँ, ६ फागुन (रासस)

नेपाली काँग्रेस गुल्मीका प्रथम सभापति भागवत ज्ञवालीको अल्सर रोगबाट निधन भएको छ । विगत केही समयदेखि उहाँ सो रोगबाट पीडित हुँदै आउनुभएका थियो । पूर्वसांसद समेत रहनुभएका उहाँको उपचारका क्रममा आज बिहान ललितपुरको अल्का अस्पतालमा निधन भएको हो ।

विसं २००१ कात्तिक १ गते गुल्मीमा जन्मनुभएका उहाँ २०४८ सालको निर्वाचनमा सोही जिल्ला निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको थियो ।

नेपाली काँग्रेसले गुल्मीका अग्रज, निष्ठावान् एवम् अभिभाव ज्ञवालीको निधनले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी सङ्गठनमा महत्वपूर्ण क्षति पुगेको जनाएको छ । पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज शोक वक्तव्य जारी गर्दै ज्ञवालीको निधनले आफूलाई दुःखित र स्तब्ध बनाएको जनाउनुभएको छ ।